आयल निगम सञ्चालक समितिको विज्ञ सदस्य सहदेव बोगटीको नियुक्ति बदर « Arthapath.com
२५ भाद्र २०७८, शुक्रबार

आयल निगम सञ्चालक समितिको विज्ञ सदस्य सहदेव बोगटीको नियुक्ति बदर



काठमाडौं । सर्वोच्च आदालतले नेपाल आयाल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा सहदेव बोगटीको नियुक्ति बदर गरेको छ । न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले मनोनयन अनुचित, अनैतिक, सुशासनको मर्म विपरित र स्वेच्छाचारीपूर्ण देखिएको भन्दै बोगटीको नियुक्रि बदर गरेको छ ।

उनी २०७७ साल माघ ११ गते नेपाल आयाल निगम सञ्चालक समितिको विज्ञ सदस्यमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस्