२ सय मेगावाट माथिका जलबिद्युत आयोजनालाई १५ वर्षसम्म कर तिर्न नपर्ने « Arthapath.com
२५ भाद्र २०७८, शुक्रबार

२ सय मेगावाट माथिका जलबिद्युत आयोजनालाई १५ वर्षसम्म कर तिर्न नपर्ने



काठमाडौं । सरकारले ठूला जलविद्युत आयोजनालाई विशेष छुटको ब्यवस्था गर्ने भएको छ । प्रतिनिधिसभामा शुक्रबार संशोधित बजेट पेस गर्दै अर्थमन्त्री जनार्दन शर्माले २०० मेगावाट भन्दा ठूला आयोजनाहरुलाई बिशेष छुटको व्यबस्था गरिएको बताएका छन् ।

‘वि.स. २०८२ साल चैत्रसम्म वित्तीय व्यवस्थापन सम्पन्न हुने २ सय मेगावाट माथिका जलाशय तथा अर्ध जलाशययुक्त जलबिद्युत आयोजनाले व्यापारिक कारोबार शुरु गरेको मितिले पहिलो १५ वर्षसम्म पूरै र त्यसपछिको ६ वर्षसम्म ५० प्रतिशत आयकर छुट दिनेछ, त्यस्ता आयोजनालाई आवश्यक पर्ने निर्माण उपकरण, प्लाण्ट, मेशिनरी औजार एवम् सोको पार्टपूर्जा, पेनस्टक तथा स्टील सीटको पैठारीमा लाग्ने महसुल घटाई १ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको छ’ बजेटमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्