१८ प्रतिशत लाभाश पारित गर्न बिओके क्यापिटलले बोलायो साधारण सभा « Arthapath.com
२९ भाद्र २०७८, मंगलवार

१८ प्रतिशत लाभाश पारित गर्न बिओके क्यापिटलले बोलायो साधारण सभा



काठमाडौं । बिओके क्यापिटल लिमिटेडले १८ प्रतिशत लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ २४ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको ६ औँ वार्षिक साधारण सभा बोलाएको हो ।

क्यापिटलको वार्षिक साधारण सभा असोज २० गते कम्पनीको कार्यलय नक्साल, काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । क्यापिटलको सभामा हाल कायम चुक्ता पूँजीको १८ प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८ असार मसान्तसम्मको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिनेछ ।


प्रतिक्रिया दिनुहोस्