नेप्सेमा नेरुडे लघुवित्तको ३ लाख ६५ हजार कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
३० भाद्र २०७८, बुधबार

नेप्सेमा नेरुडे लघुवित्तको ३ लाख ६५ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ८ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । बुधबार नेप्सेमा नेरुडे लघुवित्तको ८ प्रतिशत अर्थात् ३ लाख ६५ हजार ८३५.२४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

लघुवित्तले आर्थिक बर्ष २०७६–७७ को चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त ८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्