सिटी एक्सप्रेसले ल्यायो सिटी आयो लखपति बनायो योजना, हरेक महिना ५ जना लखपति हुने « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

सिटी एक्सप्रेसले ल्यायो सिटी आयो लखपति बनायो योजना, हरेक महिना ५ जना लखपति हुने



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी आयो लखपति बनायो योजना ल्याएको छ । नेपालीहरुको महान चाड २०७८ सालको दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै सिटी एक्सप्रेसले “सिटी आयो लखपति बनायो ” उपहार योजना घोषणा गरेको हो ।

सिटी एक्स्प्रेसको उक्त उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिन लगातार हरेक दिन १ जना विजेतालाई १० हजार उपहार प्रदान गर्ने कम्पनीले जनाएको छ । साथै हरेक महिना ५ जनालाई १/१ लाख गरी २ महिना सम्म १० जना लखपति बन्न सक्नेछन् ।

उक्त योजनामा सिटी एक्सप्रेस मार्फत देश विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही सहभागी हुने कम्पनिले जनाएको छ । योजनाको विजेता विद्युतीय प्रणालीद्वारा छान्ने कम्पनिले जनाएको छ ।

“सिटी आयो लखपति बनायो” अफर असोज १ गते देखि कार्तिक ३० गते सम्म लागू हुनेछ । सिटी एक्सप्रेसले बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्