डिप्रोक्स लघुवित्तको साधारण सभा असोज २३ गते, लाभांश पारितसहित अन्य एजेण्डा यस्ता छन् « Arthapath.com
३ आश्विन २०७८, आईतवार

डिप्रोक्स लघुवित्तको साधारण सभा असोज २३ गते, लाभांश पारितसहित अन्य एजेण्डा यस्ता छन्



काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको असोज १ गते बसेको सञ्चालक समितीको बैठकले असोज २३ गते २० औँ वार्षिक साधारण सभा चितवन गार्डेन रिर्सोट, भरतपुर, चितवनमा बिहान ११ बजे बोलाएको हो ।

लघुवित्तको सभाले हाल कायम चुक्ता पूँजी २० प्रतिशत बोनस शेयर र १.०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।

त्यसैगरी, सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

लघुवित्तले साधारण सभामा सहभागिता र लाभांश प्रयोजनका लागि असोज १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्राप्त गर्नेछन् ।


प्रतिक्रिया दिनुहोस्