थप १ २८२ जनामा कोरोना संक्रमण, ७ जनाको मुत्यु « Arthapath.com
११ आश्विन २०७८, सोमबार

थप १ २८२ जनामा कोरोना संक्रमण, ७ जनाको मुत्यु



काठमाडौं । सोमबार पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप १२ हजार ८१ पीसीआर परीक्षण गर्दा ९ सय ७५ जना र ३ हजार ४ सय ७ एन्टिजेन परीक्षण गर्दा ३ सय ७ गरी १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा थप १ हजार २ सय ६२ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त् हुनेको संख्या ७ लाख ६२ हजार ४ सय १६ पुगेको छ । हाल देशभर १८ हजार ८ सय ४८ जना संक्रिय संक्रमित रहेका छन । संक्रिय संक्रमित मध्ये काठमाडौंमा २ हजार ५ सय ४८ भक्तपुरमा ८ सय २२ र ललितपुरमा १ हजार १ सय ५२ जना रहेका छन ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ भने १ हजार २६२ जना निको भएका छन् । यो संगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार १ सय ३ जना रहेका छन ।


प्रतिक्रिया दिनुहोस्