बुद्धभुमि नेपाल हाइड्रोको आइपिओ भर्ने आज अन्तिम दिन, यसरी दिनुहोर्स आवेदन ? « Arthapath.com
१४ आश्विन २०७८, बिहीबार

बुद्धभुमि नेपाल हाइड्रोको आइपिओ भर्ने आज अन्तिम दिन, यसरी दिनुहोर्स आवेदन ?



काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आइपिओ आवेदन दिने आज अन्तिम दिन हो । कम्पनिले असोज ८ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयर आईपीआमो आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनिले १ सय रुपैयाँ अङ्कित दरको ८ करोड रुपैयाँको लाख कित्ता शेयर निष्कासन गरेको छ । निष्कासन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर संस्थाका कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुटाइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले आज बेलुका कार्यलयसमयसम्म न्यूनतम १० कित्तादेखि अधिकतममा ५० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्ने छन् ।

सर्वसाधारणले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्रा सदस्य बैङ्क तथा वित्तीय संस्थाहरू तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने सिभिल क्यापिटलले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्