नेपाल एसबिआई बैङ्क र पोखरा फाइनान्स बिच सम्झौता « Arthapath.com
१९ आश्विन २०७८, मंगलवार

नेपाल एसबिआई बैङ्क र पोखरा फाइनान्स बिच सम्झौता



काठमाडौँ  । नेपाल एसबिआई बैङ्क र पोखरा फाइनान्स बिच सम्झौता सम्पन्न भएको छ । बैङ्कले फाइनान्सका ग्राहकहरूलाई आवश्यकता पर्ने गैर कोषमा आधारित बैकिंङ सुविधा उपलब्ध गराउन सम्झौता भएको हो ।

यस सम्झौता अन्तर्गत पोखरा फाइनान्सका ग्राहकहरूले नेपाल एसबिआई बैङ्कमार्फत लेटर अफ क्रेडिट, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असिस्टेन्ट, लोकल बैङ्क ग्यारेन्टी आदि सुविधा उपलब्ध गर्न सक्नेछ । 

नेपाल एसबिआई बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरुङले उकत् सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्