विवेकशील साझाले दुई–तिहाइ बहुमतद्वारा मिश्रको “मार्ग परिवर्तन” दस्ताबेज पारित गर्यो « Arthapath.com
११ कार्तिक २०७८, बिहीबार

विवेकशील साझाले दुई–तिहाइ बहुमतद्वारा मिश्रको “मार्ग परिवर्तन” दस्ताबेज पारित गर्यो



काठमाडौ । विवेकशील साझाले दुई–तिहाइ बहुमतद्वारा पार्टी अध्यक्ष रवीन्द्र मिश्रको मार्ग परिवर्तन दस्तावेज पारीत गरेको छ । विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष मिश्रले हालै सार्वजनिक गर्नुभएको दस्ताबेज “मार्ग परिवर्तनः विचारभन्दा माथि देश लाई अङ्गीकार गर्ने निर्णय गर्दै दुई–तिहाइ भन्दा बढी मतले पारित गरेको हो ।

स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको साझाले जनाएको छ ।

त्यसै गरी बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको छ । पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकले निष्कर्ष निकालेको छ ।

पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि पार्टी केन्द्रीय समितिको बैठकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्