सिभिल लघुवित्तको छलाङ, २८२.८२ प्रतिशतले खुद नाफा र प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसाले बढ्यो « Arthapath.com
२४ कार्तिक २०७८, बुधबार

सिभिल लघुवित्तको छलाङ, २८२.८२ प्रतिशतले खुद नाफा र प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसाले बढ्यो



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफामा छलाङ मारेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण अनुसार नाफा २८२.८२ प्रतिशतले बढेर १ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा कम्पनिले ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत वर्षके तुलनामा २८२.८२ प्रतिशत धेरै हो ।

सार्वजनिक विवरण अनुसार लघुवित्तको खुद ब्याज आम्दानी पनि उल्लेख्य अंकले बढेको छ । लघुवित्तको खुद ब्याज आम्दानी २४३.६५ प्रतिशतले बढेको हो ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ७.६१ प्रतिशतले बढेर २४ करोड २१ लाख २१ हजार पुगेको छ । लघुवित्तले १ करोड ३२ लाख रुपैयाँ जगेडा कोषमा छुटाएको छ । गत वर्ष लघुवित्तले ३७ लाख रुपैयाँ जगेडा कोषमा छुटाएकको थियो । यो गत वर्षको तुलनामा २५६.६९ प्रतिशतले बढेको हो । गत वर्षको तुलनामा लघुवित्तले सापटि १३१.८१ प्रतिशतले बढेको छ भने निक्षेप ६७.०५ प्रतिशत र कर्जा १०६.९३ प्रतिशत बढेको छ ।समिक्षा अवधीमा लघुवित्तले २७ लाख रुपैयाँ खराब कर्जा उठाएको छ ।

नाफा लगाएत अन्य सुचकमा सकारात्मक परिवर्तन भएसंगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५० पैसा बढेर २५ रुपैयाँ ७३ पैसामा पुगेको छ । प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ २० पैसा रहेको छ।


प्रतिक्रिया दिनुहोस्