को बन्ला धितोपत्र बोर्डको अध्यक्ष, १ महिला सहित ११ जनाले दिए आवेदन « Arthapath.com
२५ कार्तिक २०७८, बिहीबार

को बन्ला धितोपत्र बोर्डको अध्यक्ष, १ महिला सहित ११ जनाले दिए आवेदन



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि ११ जनाले आवेदन दिएका छन् । आज ५ बजेसम्म बोर्ड अध्यक्ष बन्नका लागि १ महिला सहित ११ जनाले आवेदन दिएको अर्थमन्त्रालयले जनाएको छ ।

आवेदन पेश गर्नेमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट, नेप्सेको पूर्व महाप्रब्न्धक सिताराम थपलिया, धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरि र उप कार्यकारी निर्देशक डा. नवराज अधिकारी कर्मचारी सञ्चय कोषका पूर्वप्रशासक कृष्ण आचार्य रहेका छन् ।

त्यसैगरी बीमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाई, अनिल पौडेल, डा. केशव प्रसाद श्रेष्ठ, रमेश हमाल, जीवन अमगाई र अम्बिका लामिछानेले आवेदन दिएको मन्त्रालयले जनाएको छ । बोर्ड अध्यक्ष बन्न आवेदन दिने एक मात्र महिला लामिछाने प्रभु बैंकको पूर्व सञ्चालक समेत हुन ।

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न अर्थ मन्त्रालयले कात्तिक ११ गते १५ दिन अवधिभित्र शिलबन्दी आवेदन माग्दै सूचना निकालेको थियो । धितोपत्र बोर्ड नेपालको पूँजीबजार नियामक निकाय हो ।


प्रतिक्रिया दिनुहोस्