नेप्सेमा हरियाली, ६९.२२ अंकले बजार बढ्दा ५ अर्ब ५२ करोड नाघ्यो कारोबार रकम « Arthapath.com
३० कार्तिक २०७८, मंगलवार

नेप्सेमा हरियाली, ६९.२२ अंकले बजार बढ्दा ५ अर्ब ५२ करोड नाघ्यो कारोबार रकम



काठमाडौं । आज मंगलबार नेप्से ६९.२२ अंकले बढेको छ । राष्ट्र बैंकको निर्देशनपछि हिजो सोमबार २६.४४ अंकले बढेको नेप्से यस दिन ६९.२२ अंकले बढेर शेयर कारोबार मापक नेप्से परिसुचक २७८४.५७ अंकमा पुगेर बजार बजार भएको छ ।

आज सबैसमुह बढेर हरियाली छाएको छ । आज दिनभर २ सय २७ कम्पनिको १० करोड ९३ लाख २ सय २१ कित्ता शेयर ६९ हजार २ सय पटक किनबेच हुदा ५ अर्ब ५२ करोड १६ हजार ५० हजार ८ सय ५७ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढि जिवन विमा समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका छन् । यो समुह २७.६१, निर्जिवन विमा समुह १८८, उत्पादन १२८, विकास बैंक र अन्य १११, हाईड्रोपावार १६४, व्यापार ६३, माईक्रोफाइनान्स ८९, होटल एण्ड टुरीजम ७० फाइनान्स ८२ अंकले बढेको छ । यो साता आइतबार उतारचडावका विच १ अंकले घटेको नेप्से हिजो र आज बढेको हो ।


प्रतिक्रिया दिनुहोस्