गरिमा विकास बैंकले पायो १ अर्बको ऋणपत्र निष्काशन गर्न अनुमति « Arthapath.com
२ मंसिर २०७८, बिहीबार

गरिमा विकास बैंकले पायो १ अर्बको ऋणपत्र निष्काशन गर्न अनुमति



काठमाडौं । गरिमा विकास बैंकले ऋणपत्र निष्काशन गर्न अनुमति पाएको छ । बैंकलाई नियामक निकाय नेपाल धितोपत्र बोर्डले १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता क्रणपत्र निष्काशन गर्न अनुमति पाएको हो ।

अनुमति पाएसंगै बैंकले ४ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्काशन गर्ने छ भने बाकि रहेको ६ लाख व्यक्तिगत तवरबाट विक्री गर्ने बैंकले जानकारी गराएको छ ।

बैंकले जारी गर्ने गरिमा डिबेञ्चर – २०८५ को वार्षिक ब्याजदर ८.७५ प्रतिशत कायम हुने बैंकले जनाएको छ । उक्त ऋणपत्र आगामी सात वर्षसम्म कायम हुने छ ।

ऋणपत्र विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ ।


प्रतिक्रिया दिनुहोस्