३ बर्षे कार्यकाल विताउँदै नागरिक लगानी कोषबाट बिदा भए अध्यक्ष भट्टराई « Arthapath.com
५ मंसिर २०७८, आईतवार

३ बर्षे कार्यकाल विताउँदै नागरिक लगानी कोषबाट बिदा भए अध्यक्ष भट्टराई



काठमाडौ । नागरिक लगानी कोषका अध्यक्ष प्रा.डा. रामचन्द्र भट्टराई र कोष संचालक चन्द्रसिंह साउदलाई कोषले बिदाई गरेको छ । आइतबार विदाई कार्यक्रम गर्दै कोषका अध्यक्ष डा.भट्टराईलाई बिदाई गरेको हो ।

अध्यक्ष डा.भट्टराई २०७५ असोज २१ मा मन्त्रिपरिषदले कोषको अध्यक्षमा नियुक्त गरेको थियो । उमेर हदको कारण कात्र्तिक २८ को पत्र अनुसार डा. भट्टराईको पदावधि समाप्त भएको थियो ।

बिदाई कार्यक्रममा डा.भट्टराईले बोर्ड र कार्यकारी निर्देशकबीचको सम्बन्धलाई निरन्तरता दिनु पर्ने बताए । आफ्नो ३७ महिने कार्यकालमा धेरै नै कुराहरुको ज्ञान लिने अवसर मिलेको उनले बताए ।

त्यस्तै, संचालक साउदले आफनो कार्यकालमा गरेको सहयोगको लागि सबै संचालकहरुलाई धन्यबाद दिए । कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कोष अध्यक्ष र संचालकले पुर्याएको सहयोगको लागि धन्यबाद ब्यक्त गरे । संस्थाको कार्यलाई विधिसम्वद तरीकाले अघि बढाउदै लाने प्रतिवद्धता ब्यक्त कार्यकारी निर्देशक नेपालले बताए ।


प्रतिक्रिया दिनुहोस्