१ लाख २१ हजारले दिए राष्ट्रिय वाणिज्य बैंकमा आवेदन, कुन पदमा कतिले दिए ? « Arthapath.com
६ मंसिर २०७८, सोमबार

१ लाख २१ हजारले दिए राष्ट्रिय वाणिज्य बैंकमा आवेदन, कुन पदमा कतिले दिए ?



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी आह्वानमा १ लाखभन्दा बढीले आवेदन भरेका छन् । बैंकले विभिन्न ६ पदका लागि कर्मचारी मागेकोमा मंसिर ५ गते आइतबारसम्म १ लाख २२ हजारले आवेदन दिएका हुन् । बैंकले कात्तिक १५ गतेदेखि विभिन्न ६ पदका लागि ८३६ जना कर्मचारीका लागि आवेदन आह्वान गरेको थियो । मंसिर ५ गतेसम्म सिंगल दस्तुर र अबका ७ दिन अर्थात मंसिर १२ गतेसम्म भने दोब्बर दस्तुर तिरेर फाराम भर्न सकिन्छ ।

बैंकले दिएको जानकारी अनुसार मंसिर ५ गतेसम्म १ लाख २२ हजार जना आवेदकले फाराम भरेका छन् । दोब्बर दस्तुरमा फाराम भर्नेको संख्या करिब ३ हजार जति हुनसक्ने आँकलन बैंकले गरेको छ । बैंकले प्रवीणता प्रमाणपत्र तह उत्तीर्णदेखि स्नातकोत्तर उत्तीर्णसम्मका लागि रोजगारी दिने भएको हो ।

कुन पदमा कतिले फाराम भरे ?

तह ९ को वरिष्ठ प्रबन्धकमा ६३ जना,
तह ८ को प्रबन्धकमा ६७ जना,
तह ७ को उप–प्रबन्धकमा ५५ जना,
तह ७ को उप–प्रबन्धकमा (लेखा) १०२ जना,
तह ६ को सहायक प्रबन्धकमा ५ हजार ६२५ जना,
तह ६ को सहायक प्रबन्धक (कानुन) मा १५ जना,
तह ६ को सहायक प्रबन्धक (सूचना प्रविधि) १२५ जना,
तह ६ को सहायक प्रबन्धक (नगद) ६१७ जना,
तह ५ को वरिष्ठ सहायकमा २४ हजार ५५८ जना,
तह ५ को वरिष्ठ सहायक (नगद) ६ हजार १९ जना,
तह ५ को वरिष्ठ सहायक (कानुन) १७३ जना,
तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधि) १०४३ जना,
तह ४ को सहायकमा ६५ हजार २८८ जना,
तह ४ को सहायक (नगद) मा १७ हजार ३२० जना

बैंकले नवौं तहका लागि प्रशासनतर्फ बरिष्ठ प्रबन्धक २ जना, आठौं तहको प्रबन्धक पदका लागि ६ जना, सातौं तहको उप प्रबन्धक प्रशासन र लेखा पदका लागि १९ जना, छैटौं तहको सहायक प्रबन्धक २ सय जना, सहायक प्रबन्धक (कानुन) ६ जना, सहायक प्रबन्धक (सूचना प्रविधि) १५ जना, सहायक प्रबन्धक (नगद) १५ जना गरी कूल २३६ जना कर्मचारी मागेको छ ।

त्यस्तै, बैंकले पाचौं तहको वरिष्ठ सहायक पदका लागि १७९ जना, वरिष्ठ सहायक (नगद) का लागि ३२ जना, वरिष्ठ सहायक (कानुन) पदका लागि १० जना र वरिष्ठ सहायक (सूचना प्रविधि) पदका लागि ४४ जना गरी कूल २६५ जना र चौथों तहको सहायक पदका लागि २४५ जना र सहायक (नगद) पदका लागि ६३ जना गरी कूल ३०८ जना कर्मचारी मागेको छ ।

इच्छुक उमेद्वारले दोब्बर दस्तुर तिरेर मंसिर १२ गतेभित्र आवेदन फारम बुझाउन सक्ने बैंकले जनाएका छ । लिखित परीक्षा लोक सेवा आयोगले लिने भएकाले उम्मेदवारहरुबीच प्रतिस्पर्धा गरी बढी अंक प्राप्त गर्नेलाई छनौट गरिने बैंकले जनाएको छ । लिखित परीक्षा पास गरेकाहरुलाई बैंकले मौखिक परीक्षा पनि लिनेछ । तलव तथा सुविधा बैंकको नियम अनुसार हुने सूचनामा उल्लेख छ । बैंकमा जागिर खाने नयाँ कर्मचारीका हकमा महिलालाई ६ महिना र पुरुषलाई १ वर्ष परीक्षण अवधि रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्