झिनो अंकले बढ्यो नेप्से, ४ अर्ब २१ करोडको कारोबार
कठमाडौं । बुधबार उचार चडावका विच नेप्से सामान्य अंकले बढेको छ । यस दिन १.८९ अंकले बढेर शेयर कारोबार मापक नेपसे परिसुचक २७३५.०० अंकमा पुगेर बजार बन्द भएको हो ।
आज दिनभर २ सय २७ कम्पनिको ७ करोड ४४ लाख ५ हजार २ सय २७ कित्ता शेयर ५४ हजार ७ सय ३ पटक किनबेच हुदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३ सय ३७ रुपैयाँको कारोबार भएको छ ।
आज बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसूचक बाहेक सबै बढेका छन् । यस दिन आज बैंकिङ, ट्रेडिङ र जीवन बीमा क्रमश ७, ३८ र ५८ अंकले घटेको हो । आज सबैभन्दा बढि विकास बैंकका लगानिकर्ताले कमाएका विकास बैंक समुह ४० अंकले बढेको छ ।













