नेप्सेमा सूचीकृत भएको न्यादी हाइड्रोपावरको शेयर कारोबार किन भएन ? « Arthapath.com
९ मंसिर २०७८, बिहीबार

नेप्सेमा सूचीकृत भएको न्यादी हाइड्रोपावरको शेयर कारोबार किन भएन ?



काठमाडौं । हिजो न्यादी हाइड्रोपावरको शेयर दोस्रो बजारमा कारोबार हुन सकेको छैन । दोस्रो बजारमा कारोबारको लागि प्रि–ओपनिङ सेसनमा अर्डर म्याच हुन नसकेपछि हाइड्रोपावरको शेयर आज दोसो बजारमा कारोबार हुन नसकेको हो ।

नेप्सेमा सूचीकृत भएका नयाँ कम्पनिको प्रि–ओपनिङ सेसनमा अर्डर म्याच भएपछि मात्र दोस्रो बजारमा कारोबार हुने गर्दछ । हिजो बुधबार कम्पनिको १ करोड ५० लाख कित्ता प्राथमिक शेयर (आईपीओ) सूचीकृत भएको थियो ।

न्यादी हाइड्रोपावरको पहिलो कारोबारका लागि ९४.२३ देखि २८२.३९ सम्मको मूल्य रेञ्ज तोकिएको छ । प्रि–ओपनिङ सेसनमा अर्डर म्याच भएपछि तोकिएको रेञ्ज भित्र रहेर कारोबार खुल्ने छ ।


प्रतिक्रिया दिनुहोस्