गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको १०.५२ प्रतिशत लाभांश घोषणा « Arthapath.com
१६ मंसिर २०७८, बिहीबार

गुहेश्वरी मर्चेण्ट बैंकिङ्गको १०.५२ प्रतिशत लाभांश घोषणा



काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । फाइनान्सको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

फाइनान्सले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्विकृतपश्चात तथा फाइनान्सको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्