लोकसेवा आयोगले १ हजार ५ सय शिक्षक माग्यो « Arthapath.com
२९ मंसिर २०७८, बुधबार

लोकसेवा आयोगले १ हजार ५ सय शिक्षक माग्यो



काठमाडौं । लोक सेवा आयोगले ठुलो संख्यामा शिक्षकहरुको माग गरेको छ । आयोगले आज एक सुचना जारी गदै सातै प्रदेशको लागि १ हजार ५ सय ४९ जना शिक्षकहरु माग गरेको हो ।

लोकसेवा आयोगले सबैभन्दा बढि विज्ञान विषय पढाउने शिक्षक ४ सय ३५ जना मागेको छ । भने नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्या लगायतका अन्य विषयका लागि १ हजार १ सय १४ जना कर्मचारी मागेको हो ।

आयोगले जारी गरेको सूचना अनुसार अंग्रेजी विषयको का लागि ३१२ जना, गणितका लागि २३१ जना, नेपालीका लागि २३१ जना, सामाजिकका लागि २०१, अर्थशास्त्र १०, लेखा ५१, शिक्षा १, शुक्लयजुर्वेद २, स्वस्थ्य २, संस्कृत व्याकरण २, संस्कृत भाषा ३, संस्कृत साहित्य १, कम्प्यूटर विज्ञान ६ जना र न्यायका लागि १ जना शिक्षकको माग गरिएको छ ।

सामाुदायिक विद्यालयको माध्यमिक तह तृतिय श्रेणी शिक्षक पदमा खुला तथा समावेशि प्रतियोगितात्मक परीक्षाद्धारा आयोगले शिक्षकको परिपूर्ती गर्ने छ ।

इच्छुक योग्यता पुगेका नेपाली नागरिकले आजदेखि पुस २९ गतेसम्म सिंगल दस्तुर र दोब्बर दस्तुर तिरी माघ ६ गते सम्म आयोगको आधिकारीक वेवसाईटमा गएर दरखास्त फारम भर्नसक्ने सुचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्