चन्द्रागिरी हिल्सको साधारण सभा आह्वान « Arthapath.com
७ पुष २०७८, बुधबार

चन्द्रागिरी हिल्सको साधारण सभा आह्वान



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको पौष ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले बाह्रौँ वार्षिक साधारण सभा पौष २९ गते, बिहीबार चन्द्रागिरी हिल्सको कार्यालय, थानकोट, टप स्टेशन परिसरमा बिहान ११ बजे बोलाएको हो ।

कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत बाह्रौँ वार्षिक प्रतिवेदन पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७७–७८ को वासलात,नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायत वित्तिय विवरण स्वीकृत गर्ने छ । त्यस्तै, आर्थिक वर्ष २०७८–०७९ को लेखापरिक्षणको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण शेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ पौष १६ गते शुक्रबार एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पौष १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्