निमावि तहमा २ हजार ५९८ जना शिक्षकका लागि दरखास्त आह्वान, संस्कृत कर्मकाण्डदेखि अंग्रेजी विषयसम्म « Arthapath.com
७ पुष २०७८, बुधबार

निमावि तहमा २ हजार ५९८ जना शिक्षकका लागि दरखास्त आह्वान, संस्कृत कर्मकाण्डदेखि अंग्रेजी विषयसम्म



काठमाडौं । शिक्षक सेवा आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ । शिक्षक सेवा आयोगले निमावि तहमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो । शिक्षक सेवा आयोगले बुधबार निमावि तह (निमावि तृतीय श्रेणी) मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो ।

सबैभन्दा बढी अंग्रेजी विषयका लागि ६२४ जना शिक्षक, नेपाली विषयका लागि ४३७, गणित विषयका लागि ३७१, विज्ञान विषयका लागि ४४०, सामाजिक अध्ययन विषयका लागि ३५३, शुक्लयर्वेद विषयका लागि १ जना, गणित–विज्ञान विषयका लागि ३६४, संस्कृत व्याकरण विषयका लागि ३ जना, संस्कृत भाषा विषयका लागि ४ जना र संस्कृत कर्मकाण्ड विषयका लागि १ जना शिक्षकका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक योग्यता पुगेकाले माघ ६ गतेसम्म र बिलम्ब शुल्क बुझाएर माघ १० गतेसम्म दरखास्त दिन सकिनेछ । आवेदन दिँदा १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले मात्रै पाउनेछन् । उक्त विषयको परीक्षा चैत १७ गते हुने छ ।


प्रतिक्रिया दिनुहोस्