नेप्सेको साधारण सभा पौष २९ गते, १६६.६७ प्रतिशत लाभांश पारित गर्ने « Arthapath.com
८ पुष २०७८, बिहीबार

नेप्सेको साधारण सभा पौष २९ गते, १६६.६७ प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले आफ्नो वार्षिक साधारण सभा बोलाएको छ । नेप्सको पौष ७ गते बसेको सञ्चालक समितिको बैठकले ४०औँ वार्षिक साधारण सभा पौष २९ गते बिहान ११ बजे बोलाएको हो ।

नेप्सेको सभाले हाल कायम चुक्ता पूँजी ६० करोड रुपैयाँको १०० प्रतिशत नगद लाभांश (करसहित) र ६६.६७ प्रतिशत बोनस शेयर गरी कूल १६६.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आर्थिक बर्ष २०७७–७८ को वार्षिक लेखापरीक्षणा प्रतिवेदन सहितको वित्तीय विवरण, नाफा, नोक्सान, तथा अन्य आयको विवरण, इक्विटीमा भएको परिवर्तन सम्वन्धी विवरण, नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने, आर्थिक बर्ष २०७८–७९ को लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने र सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ ।


प्रतिक्रिया दिनुहोस्