मध्य भोटेकोशीको ६ करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति तोकियो ? « Arthapath.com
८ पुष २०७८, बिहीबार

मध्य भोटेकोशीको ६ करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति तोकियो ?



काठमाडौं । मध्य भोटेकोशीको आईपीओ नृप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज बिहीबार मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको ६ करोड कित्ता साधारण सेयर (आईपीओ) सूचीकृत भएको हो ।

कम्पनीको ६ करोड कित्ता आईपीआ नेप्सेमा सूचीकृत भएको जनाएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि MBJC सिम्बोल पाएको छ । कम्पनीको शेयर आईतबारबाट दोश्रो बजारमा कारोबार सुरू हुनेछ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिकित्ता न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ ।

कम्पनीले असोज २० गते, बुधबारबाट असोज २५ गते, सोमबारसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।


प्रतिक्रिया दिनुहोस्