यी हुन् सबैभन्दा धेरै र कम लाभांश दिने ५ लघुवित्त « Arthapath.com
१९ पुष २०७८, सोमबार

यी हुन् सबैभन्दा धेरै र कम लाभांश दिने ५ लघुवित्त



काठमाडौं । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार हालसम्म ६७ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा रहेका छन् । गत आर्थिक बर्ष २०७७–७८ को अन्तिमसम्मा ७० वटा लघुवित्त सञ्चालनमा थिए । चालु आवको कात्तिक मसान्तसम्ममा विभिन्न ३ वटा लघुवित्त मर्जर तथा एक्वीजिशन भएर ६७ वटामा झरेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५६ वटा लघुवित्त सूचीकृत रहेका छन् । जसमा विभिन्न लघुवित्त मर्जरमा गएपछि हाल ४८ वटा मात्रै लघुवित्त सूचीकृत छन् । ४८ वटा लघुवित्त मध्ये हालसम्म ४१ वटा लघुवित्तले मात्रै लाभांश घोषणा गरेका छन् ।

धेरै लाभांश दिने ५ लघुवित्त

सबैभन्दा धेरै लाभांश महिला लघुवित्तले ५० प्रतिशत वितरण गर्ने भएको छ । त्यस्तै, दोस्रोमा नेशनल माइक्रोफाइनान्स लघुवित्तले ४५ प्रतिशत, तेस्रोमा फरवार्ड लघुवित्तले ४२ प्रतिशत, चौथौंमा स्वाभिमान लघुवित्तले ३४ प्रतिशत लघुवित्त र पाचौंमा सबैको लघुवित्तले ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।

S.N.Name Of MFIsBonusCashTotalFiscal Year
1Mahila Lagubitta Bittiya Sanstha Limited47.52.5502077/2078
2National Microfinance Bittiya Sanstha Ltd.405452077/2078
3Forward Microfinance laghubitta Bittiya Sanstha Ltd.357422077/2078
4Swabhimaan Laghubitta Bittiya Sanstha Limited32.31.7342077/2078
5SABAIKO LAGHUBITTA BITTIYA SANSTHA LIMITED31.051.6332.682077/2078

सबैभन्दा कम लाभांश दिने ५ लघुवित्त

त्यस्तै, सबैभन्दा कम लाभांश दिनेमा एनआईसी एशिया लघुवित्तले ५.४१ प्रतिशत, आरएसडीसी लघुवित्तले १०.५२ प्रतिशत, फस्र्ट माइक्रोफाइनान्सले १०.५३ प्रतिशत, कालिका लघुवित्तले १३ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।

S.N.Name Of MFIsBonusCashTotalFiscal Year
1NIC ASIA Laghubitta Bittiya Sanstha Limited05.415.412077/2078
2RSDC Laghubitta Bittiya Sanstha Ltd.100.526310.52632077/2078
3First Micro Finance Development Bank Ltd.100.5310.532077/2078
4Kalika Microcredit Development Bank Ltd.130132077/2078
5Manakamana Smart Laghubitta Bittiya Sanstha Limited17.000.0017.002077/2078


प्रतिक्रिया दिनुहोस्