कोरोना रोकथाम गर्न प्रशासनको १८ बुँदे निर्देशन, पालना नगरे कारबाही गर्ने चेतावनी

काठमाडौं । सार्वजनिक सवारी साधनले सिटभन्दा बढी यात्रु बोक्न नपाउने भएका छन् । कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासनले सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने भएका हुन् ।
मंगलबार बसेको जिल्ला प्रशासन कार्यालय काठमाडौं, ललितपुर र भक्तपुर का प्रमुख जिल्ला अधिकारीको बैठकले सार्वजनिक सवारी साधनहरुले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिएको हो ।
तीन जिल्लाका सीडीओको बैठकले १८ बुँदे निर्देशन जारी गर्दै २५ जनाभन्दा बढी भीड गर्न पनि निर्देशन दिएको हो । प्रशासनले जारी गरेका निर्देशन पालना गरे–नगरेको सुरक्षा निकाय तथा आकस्मिक अनुगम गर्ने र आदेशको अवज्ञा गरेमा संक्रमक रोग ऐन २०२० अनुसार कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
औधोगिक तथा व्यवसायिक संस्था, फर्म तथा पसलहरुले सवस्थ्य मापदण्ड अपनाएर संचालन गर्न निर्देशन दिएको छ ।