सामाजिक सुरक्षा कोषमा आवद्ध हुनैपर्ने बाध्य गर्ने गरी नियमावलि संशोधन ! « Arthapath.com
११ माघ २०७८, मंगलवार

सामाजिक सुरक्षा कोषमा आवद्ध हुनैपर्ने बाध्य गर्ने गरी नियमावलि संशोधन !



काठमाडौं । सामाजिक सुरक्षा कोषमा जानै पर्ने बाध्यता श्रृजना गर्नेसहित सरकारले श्रम ऐन संशोधनको व्यवस्था गरेको छ । सामाजिक सुरक्षा कोषमा जान नमान्ने कर्मचारीलाई जागिरबाट नै निकाल्ने अधिकारसहित श्रम ऐन संशोधनको प्रस्ताव गरेको हो ।

प्रस्तावित संशोधन मस्यौदा अनुसार कोषमा आबद्ध हुन नचाहने रोजगारदातालाई जेलमा थुन्नेसम्मको व्यवस्थाको प्रस्ताव गरिएको हो । मन्त्रालयले संशोधनको मस्यौदा छलफलका लागि सरोकारवालाहरुलाई पठाएको छ ।

बैंक तथा वित्तीय संस्थाका कर्मचारीको चर्को विरोधपछि सरकार सामाजिक सुरक्षा कोषको कार्यविधि संशोधन हुन लागेको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीले आफूले खाइपाइ आएको सुविधा समेत कटौती हुने गरी कोषमा आबद्ध नहुने अडान राख्दै सर्वोच्च अदालत पुगेपछि सरकारले कार्यविधि संशोधनको तयारी थालेको हो ।

मन्त्रालयले संशोधनको मस्यौदा छलफलका बैंकर्स संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स लगायतको राय तथा सुझाव मागेको हो ।

नेपालबाट विदेशमा गई कार्य गर्ने नागरिकहरूलार्य समेत कोषमा आबद्ध गर्ने नीतिगत व्यवस्था मिलाएको छ । सरकारले सामाजिक सुरक्षा नियामवली २०७५, श्रम नियमावली २०७५, बोनस नियमावलली एकैपटक संशोधन गर्ने तयारी गरेको हो । सरकारले अबदेखि कुनै पनि श्रमिक दुर्घटनामा परेमा, दुर्घटनाको कारणबाट चोटपटक वा मृत्यु भएमा सोको सुचना रोजगारदाताले कोषलाई ७ दिनभित्र जानकारी दिनुपर्ने भएको छ । प्रतिष्ठनाको ऐन र नियमावली बमोजिक गरेको श्रम अडिट प्रतिवेन कोषलाई प्रदान गर्नुपर्नेछ ।

उक्त श्रम अडिटको प्रतिवेदन अनलाइन माध्यमबाट बुझाउन सकिनेछ । प्रतिवेदनमा कोषमा आबद्ध श्रकको संख्या, कोषमा आबद्ध गर्न बाँकी श्रमिकको संख्या, नियमित योगदान गर्ने श्रमिकको संख्या र कुल योगदानको रकम समावेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्