महिला उद्यम समितिद्वारा ५० थान कम्बल वितरण « Arthapath.com
२८ माघ २०७८, शुक्रबार

महिला उद्यम समितिद्वारा ५० थान कम्बल वितरण



काठमाडौं । शुक्रबार मोरंग व्यापार संघको महिला उद्यम समितिद्वारा मोरङको बुढीगंगा गाउँपालिका वडा ५ स्थित विभिन्न स्थानमा कम्बल वितरण गरेको छ ।

महिला उद्यम समितिका संयोजक वन्दना जैनको नेतृत्वमा गएको टोलीले उक्त वडाका सुक्चर टोल, पोठिया वडा कार्यालय टोल र लवटोलियाका ५० घर परिवारका गरिव, असहाय र एकल महिलाहरुलाई ५० थान कम्बल वितरण गरेको हो ।

बुढीगंगा गाउँपालिका वडा ५ का वडा अध्यक्ष रमेश कुमार खनालज्यूको समन्वयमा आयोजना गरिएको उक्त कार्यक्रममा महिला उद्यम समितिका सदस्यसाधना झाज्यू, श्रृति शर्मा, जीना श्रेष्ठ र संघका प्रमुख कार्यकारी अधिकृत कृष्ण रेग्मीज्यूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्