बुङ्गल नगरपालिकाको पहिलो बैठकः मदिरा नियन्त्रणदेखि एम्बुलेन्स मर्मत गर्न समिति गठन गर्ने « Arthapath.com
१९ जेष्ठ २०७९, बिहीबार

बुङ्गल नगरपालिकाको पहिलो बैठकः मदिरा नियन्त्रणदेखि एम्बुलेन्स मर्मत गर्न समिति गठन गर्ने



काठमाडौं । बझाङको बुङ्गल नगरपालिकाको नगर कार्यपालिकाको पहिलो बसकेको छ । नगरपालिकाका नगर प्रमुख जय बहादुर धामीको अध्यक्षतामा पहिलो बैठक बुधबार १८ जेष्ठमा बसेको हो । उक्त बैठकले विभिन्न ९ वटा निर्णय गरेको छ । बैठकमा नगर उपप्रमुख धन बहादुर बोहरा सहित सबै वडाका वडाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

नगरकार्यपालिकाको बैठकले मदिरा नियन्त्रण गर्न आवश्यक रणनीति तयार पार्ने निर्णय गरेको छ । जसका लागि वडाहरुले रणनीति बनाई कार्यान्वयन नुपर्ने छ । ‘बुङ्गल नगरपालिकामा खुल्ला मदिरा नियन्त्रण गर्न सबै वडाहरुले सो सम्बन्धमा आवश्यकता अनुसारको रणनीति अवलम्बनमा ल्याई कार्यान्वयन गर्ने भन्ने निर्णय पारित गरियो’ नगरपालिकाको निर्णय नम्बर ६ मा भनिएको छ ।

यता खिरातडी स्वास्थ्यचौकीको बिग्रीएको एम्बुलेन्स मर्मत गर्न समिति गठन गर्ने भएको छ । नगरपालिका अन्तर्गत रहेको खिरातडी स्वास्थ्य चौकीमा एम्बुलेन्स बिग्रीएको हुँदा मर्मत गर्न नगरपालिकाले मर्मत सम्भार समिति गठन गरी मर्मत सम्भार गर्ने भन्ने निर्णय गरेको हो ।

नगर कार्यपालिकाको पहिलो बैठकले निम्न निर्णय गरेको छ ।

निर्णय नं. १
स्थानीय तह सदस्य निर्वाचन २०७९ को निर्वाचन सम्पन्न गर्न भुमिका निर्वाह गर्नुहुने सम्पुर्ण मतदाता, आम बुङ्गलवासी जनता, निर्वाचनमा संलग्न सम्पूर्ण कर्मचारी, राजनितिक दल तथा विभिन्न भातृ संगठनहरु, अन्य कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, बुद्धिजिवी, नागरीक समाज, पत्रकार लगायत अन्य सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्ने निर्णय सर्वसम्मतिले पारित गरियो ।

निर्णय नं. २
आधारभूत तह स्वास्थ्य सेवा केन्द्र भवन निर्माणका लागि संघिय सरकारबाट बजेट विनियोजन भई आएकोले सम्बन्धित वडामा जग्गा (लालपूर्जा, दान, प्रति) प्राप्त भएको वडाहरुमा अविलम्ब निर्माण सुरुवात गर्ने र जग्गा (लालपूर्जा, दान, प्रति) प्राप्त नभएका वडाहरुमा समेत सबैको पाएक पर्ने स्थानमा निर्धारण गरी सर्वपक्षिय सहमति गरी निर्माण प्रक्रिया अगाडी बढाउने निर्णय पारित गरियो । साथै, टेन्डर प्रक्रिया अगाडी बढाउने समय कमी भएकोले वडा समितिको सर्वसम्मत निर्णयका आधारमा उपभोक्ता समितिबाट निर्माण कार्य अगाडी बढाउने र उपभोक्ता समितिबाट निर्माण कार्य अगाडी बढाउने कार्यपालिकाको निर्णयलाई नगरसभाको बैठकबाट अनुमोदन भएपश्चात मात्र प्रक्रिया अगाडी बढाउने निर्णय पारित गरियो ।

निर्णय नं. ३
कोभिड–१९ को महामारीबाट अतिविपन्न नागरिकलाई नगद हस्तान्तरण कार्यक्रमको व्यवस्थापन समिति तपसिल बमोजिम पुनर्गठन गर्ने निर्णय पारित गरियो

तपसिलः
१. श्री धन बहादुर बोहरा (नगर उप प्रमुख) संयोजक
२. श्री शुरेश ओखेडा (कार्यपालिका सदस्य) सदस्य
३. श्री जय बहादुर कुवँर (रोजगार संयोजक) सदस्य
४. श्री हर्क बहादुर बोहरा (एम आई एस) सदस्य
५. श्री नरेश कुवँर (स्वस्थ्य सह–संयोजक) सदस्य सचिव

निर्णय नं. ४
नगरपालिकाका सम्पूर्ण विषयगत शाखा, सेवा केन्द्र, सेवा ईकाईहरु तथा अन्य कार्यालयहरुले आफ्नो शाखा, सेवा केन्द्र, सेवा इकाई तथा अन्य कार्यालयको चालु आ.व. को प्रगति विवरण सहितको प्रतिवेदन पेश गर्ने–गराउने निर्णय पारित गरियो ।

निर्णय नं. ५
बुगल नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि यसै आ.व.देखी विद्युतिय हाजिरी परिक्षणका रुपमा संचालनमा ल्याउने र त्यसको नतिजा सकारात्मक देखिएमा पालिका भित्रका सबै सरकारी कार्यालयहरुमा बिद्युतिय हाजिरीको व्यवस्था गर्दै जाने निर्णय पारित गरियो ।

निर्णय नं. ६
बुङ्गल नगरपालिकामा खुल्ला मदिरा नियन्त्रण गर्न सबै वडाहरुले सो सम्बन्धमा आवश्यकता अनुसारको रणनिति अवलम्बनमा ल्याई कार्यान्वयन गर्ने भन्ने निर्णय पारित गरियो ।

निर्णय नं. ७
बुङ्गल नगरपालिका अन्तर्गत खिरातडी स्वास्थ्य चौकीमा रहेको एम्वुलेन्स बिग्रिएको हुँदा उक्त एम्बुलेन्स मर्मत गर्न नगरपालिकाले मर्मत सम्भार समिति गठन गरी मर्मत सम्भार गर्ने भन्ने निर्णय पारित गरियो ।

निर्णय नं. ८
बुगल नगरपालिका नगर कार्यपालिकाको नियमित बैठक प्रत्येक महिनाको दोस्रो बुधवार, यदि उक्त दिन बिदा परेको खण्डमा सो पश्चात कार्यालय खुलेकै दिन बस्ने निर्णय पारित गरियो ।


प्रतिक्रिया दिनुहोस्