पेट्रोलियम पदार्थ मूल्यबृद्धि: त्रिचन्द्रमा बिद्यार्थी र प्रहरी बिच झडप « Arthapath.com
६ असार २०७९, सोमबार

पेट्रोलियम पदार्थ मूल्यबृद्धि: त्रिचन्द्रमा बिद्यार्थी र प्रहरी बिच झडप



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले आयोजना गरेको विरोध प्रदर्शनको क्रममा झडप भएको छ । केन्द्रिय अध्यक्ष सुनिता बरालको नेतृत्वमा निस्किएको बिद्यार्थीको बिरोध जुलुसले प्रधानमन्त्री शेर बहादुर देउवा र आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु को पुत्ला समेत जलाएका छन् ।

झडपमा बिद्यार्थीहरुले ट्राफिक प्रहरी को भ्यान तोडफोड गरेका छन् । लाठीचार्ज बाट केही बिद्यार्थी समेत घाइते भएको समेत भएका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा काठमाडौंको त्रिचन्द्र कलेजअघि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।

प्रहरीले प्रदर्शनकारीमाथि लाठी र २सेल अश्रुग्याँस प्रहार गरेको छ हो ।


प्रतिक्रिया दिनुहोस्