शाओमी १७ अल्ट्राद्वारा सगरमाथाबाट खिचिएको ‘माउन्ट एभरेस्ट एक्सपिडिसन’ फिल्म सार्वजनिक « Arthapath.com
२५ असार २०८३, बिहिबार

शाओमी १७ अल्ट्राद्वारा सगरमाथाबाट खिचिएको ‘माउन्ट एभरेस्ट एक्सपिडिसन’ फिल्म सार्वजनिक



काठमाडौं । शाओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन शाओमी १७ अल्ट्राबाट सगरमाथा आरोहणका क्रममा खिचिएको ‘माउन्ट एभरेस्ट एक्सपिडिसन’ भिडियो सार्वजनिक गरेको छ। विश्वप्रसिद्ध नेपाली हिमाल आरोही गेल्जे शेर्पाले सन् २०२६ को मे महिनामा सगरमाथा आरोहणका क्रममा उक्त भिडियो खिचेका हुन्।

कम्पनीका अनुसार भिडियो कुनै स्टुडियोमा निर्माण गरिएको दृश्य होइन, बरु अत्यधिक चिसो, कम अक्सिजन, तीव्र हावा र जोखिमपूर्ण वातावरणमा वास्तविक रूपमा खिचिएको फुटेज हो। भिडियोले सगरमाथा आरोहणका चुनौतीपूर्ण क्षणहरूलाई उच्च गुणस्तरमा कैद गरेको कम्पनीको दाबी छ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित विभिन्न अन्तर्राष्ट्रिय कीर्तिमान कायम गरिसकेका आरोही गेल्जे शेर्पाले खिचेको भिडियोमा सगरमाथा आरोहणको वास्तविक संघर्ष, जोखिम र अनुभूतिलाई नजिकबाट प्रस्तुत गरिएको छ। कम्पनीका अनुसार भिडियोमा कुनै कृत्रिम दृश्य वा अनावश्यक सम्पादन प्रयोग गरिएको छैन।

शाओमीले यसलाई नयाँ फ्ल्यागशिप स्मार्टफोनको प्रचार मात्र नभई चरम प्राकृतिक परिस्थितिमा पनि आफ्ना उपकरणको विश्वसनीयता, टिकाउपन र क्यामेरा क्षमताको वास्तविक परीक्षणका रूपमा प्रस्तुत गरेको जनाएको छ। कम्पनीका अनुसार यसले प्रविधिले मानिसका सपना र साहसलाई अझ उचाइसम्म पुर्‍याउन सक्ने सम्भावना पनि देखाएको छ।

कम्पनीले सार्वजनिक गरेको भिडियोमा सगरमाथाको कठोर वातावरणमा पनि स्मार्टफोनले उत्कृष्ट भिडियो रेकर्डिङ गर्न सक्ने क्षमता प्रदर्शन गरिएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्