असार ६ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय

काठमाडौं । असार ६ गते बसेको मन्त्रीपरिषद् बैठकले एसपिपि अगाडि नबढाउने निर्णय गरेको छ । उक्त बैंठकले संयुक्त राज्य अमेरिकाका एसपिपि अगाडि नबढाउने निर्णय गरेको हो ।
साथै, उक्त बैठकले ७ वटा निर्णय गरेको छ ।
१. संयुक्त राज्य अमेरिकाको State Partnership Program (SPP) अघि नबढाउने।
२. सबै सरकारी निकायहरुले कुटनीतिक सम्बन्धका विषयहरुमा पत्राचार गर्दा अनिवार्य रुपमा परराष्ट्र मन्त्रालय मार्फत् गर्ने।
३. नेपाल प्रशासन सेवा समुहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा सहसचिव श्री विनोदप्रकाश सिंहलाई बढुवा गर्ने।
४. नेपालको शिक्षा क्षेत्रको विकास तथा विश्वसामु नेपाललाई चिनाउन पुयाएको योगदानको कदरस्वरुप जयपृथ्वी बहादुर सिंहलाई नेपालको राष्ट्रिय विभूति घोषणा गर्ने।
५. नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्री युवराज अधिकारीलाई नेपाल वायुसेवा निगम, ऐन २०१९ को दफा २० बमोजिम निलम्वन गरी निज उपर जाँचबुझको कार्य अघि बढाउने ।
६. कोहलपुर–सुर्खेत १३२ के.भी. प्रसारणलाइन आयोजनाको लागि राष्टिय वन क्षेत्र प्रयोग गर्न दिने ।
७. राष्ट्रिय समाचार समितिको रिक्त अध्यक्षमा श्री धर्मेन्द्र झा (धनुषा) लाई नियुक्त गर्ने ।