विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह « Arthapath.com
१५ असार २०७९, बुधबार

विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न आन्तरिक राजस्व विभागको आग्रह



काठमाडौं । आन्तरिक राजस्व विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न करदाताहरुलाई आग्रह गरेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफलका क्रममा विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न ब्यवसायीलाई आग्रह गरेको हो ।

विभागले हालै एक सूचना प्रकाशनगरी १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमवाट वीजक जारी गर्न आग्रह गरेको थियो । सोही बिषयमा छलफलगर्न गएको महासंघको प्रतिनिधीमण्डलसँग विभागले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्दा हुने फाइदाका बिषयमा समेत जानकारी गराएको थियो ।

छलफलकाक्रममा विभागमा महानिर्देशक रितेश कुमार शाक्यले कर प्रणालीलाई समय सापेक्ष वनाउनेक्रममा पछिल्ला दुई मध्ये एक आर्थिक बर्षमा १० करोडभन्दा बढीको कारोबार हुने करदातालाई विद्युतीय माध्यमवाट कर वीजक जारी गर्न विभागले आग्रह गरेको बताए ।

त्यसक्रममा महासंघका अध्यक्ष माणिकरत्न शाक्यले विद्युतीय माध्यमवाट कर वीजक जारी गर्दा ब्यवसायीलाई पर्ने कठीनाइका बारेमा जानकारी गराएका थिए । त्यसक्रममा उनले झण्झटिलो प्रकृयाका कारण ब्यवसायीलाई पर्ने असुविधालाई सम्वोधन गर्न विभागसँग आग्रह गरे ।

त्यसक्रममा विभागका पदाधिकारीहरुले सुरुवाती चरणमा कुनै पनि बिषय अप्ठ्यारो लाग्नु स्वभाविक भए पनि यसलाई क्रमशः सहजिकरण गर्दै लजानुपर्ने खाँचो औंल्याए । त्यसक्रममा विभागका तर्फवाट विद्युतीय माध्यमवाट कर वीजक जारी गर्दा ब्यवसायीलाई कुनै अप्ठ्यारो आइपरे विभागले सहजिकरण गर्ने प्रतिवद्धता समेत जनाइएको छ ।

छलफलकाक्रममा महासंघका तर्फवाट बिशिष्ट सदस्य मणिरत्न शाक्य, उपाध्यक्ष दियशरत्न शाक्य, महासचिव धर्मशुन्दर बज्राचार्य लगायतको सहभागिता रहेको थियो । त्यसक्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र काठमाडौं सुचाँदी ब्यवसायी संघका पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्