रामदेव तेलद्धारा बिजेतालाई पुरस्कार बितरण « Arthapath.com
१९ असार २०७९, आईतवार

रामदेव तेलद्धारा बिजेतालाई पुरस्कार बितरण



काठमाडौं । गणपति बनस्पति प्रा.लि. द्धारा उत्पादत गरी बिक्री बितरण गर्दै आइरहेको रामदेव तेलद्धारा आम सर्बसाधरण एवं उपभोक्ताहरुसँग अन्र्तक्रिया गर्ने उदेश्यले लागु गरिएको भ्यालेन्टाइन योजना, सेयर एण्ड बिन योजना तथा एन्सर एण्ड विन योजनमा सहभागी भई लक्की ड्र मार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई आज एक समारोहका बीच पुरस्कार बितरण गरिएको छ ।

जस अन्र्तगत यस प्रतियोगितामा भाग लिई बिजेता हुन सफल प्रतियोगीहरुमध्ये ६ जनाले जनही १÷१ कार्टुन रामदेव सनफलावर तेल,आइरन, पानी तताउने इलेक्ट्रिक केटल, माइक्रोवेभ ओभन, राइस कुकर, मिक्सर १÷१ जनाले प्राप्त गरे । उक्त बिजेताहरुलाई पुरस्कार बितरण रामदेव तेलका आधिकारिक बिक्रेता रानीसती इन्टरनेशनलका प्रबन्ध निर्देशक एवं व्यवसायी श्री ओम बन्सल, निर्देशक पवन बन्सल तथा कम्पनीका मार्केटिङ्ग मेनेजर बिनोद श्रेष्ठले बितरण गरेका थिए । रामदेव तेलले यसरी हामीलाई डिजिटल मिडिया मार्फत जोडी उत्पादनसँग परिचित गराउनु भएकोमा धन्यवाद दिन चाहन्छौ. पुरस्कार बिजेता सुर्दशन मैनालीले बताए ।

गणपति बनस्पति प्रा.लि.ले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री बितरण गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्