जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त « Arthapath.com
२३ असार २०८२, सोमबार

जनार्दन शर्मा फेरि अर्थमन्त्रीमा नियुक्त



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा अर्थमन्त्रीमा पुन नियुक्त भएका छन् । नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको हो ।

आर्थिक वर्ष २०७९।०८० को बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको र उक्त दिनको सीसीटीभी फुटेजसमेत डिलिट गरेको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मालाई फेरी अर्थमन्त्रीमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री देउवाको सिफारिसमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको हो । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न गराएको आरोप लागेर संसदीय छानबिन समिति गठन भएपछि तत्कालीन अर्थमन्त्री शर्माले २२ असारमा राजीनामा दिएका थिए । संसदीय छानबिन समितिले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण नभेटिएको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उनलाई पुनः अर्थमन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

राष्ट्रपति कार्यालयका अनुसार आजै साँझ ५ बजे उनले सपथ लिन कार्यक्रम रहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्