१ वर्षपछि सुरु हुने एमसीसी परियोजनाको अहिले नै ५ अर्ब झ्वाम ! « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

१ वर्षपछि सुरु हुने एमसीसी परियोजनाको अहिले नै ५ अर्ब झ्वाम !



राधिका ढकाल

काठमाडौं । १ वर्ष पछि सुरु हुने एमसीसी परियोजनाको हालसम्म करिब ५ अर्ब खर्च भैसकेको छ । बिहीबार राजधानीको रोयल सिङ्गी होटेलमा भएको पत्रकार सम्मेलनमा एमसीसी परियोजना बारे जानकारी गराइएको थियो । 

पत्रकार सम्मेलनमा आगामी २०२३ अगस्टबाट एमसीसी परियोजनाको सुरुवात हुने जानकारी गराइएको हो । परियोजना सुरु नहुँदै हालसम्म ४ अर्ब ७७ करोड खर्च भइसकेको जनाइएको छ । नेपालमा सर्वसाधारणको विरोधका बिच सांसदबाट पारित भएको एमसीसीले आयोजना सुरु नहुँदै ५ अर्ब खर्चिसकेको छ ।

मिलियन च्यालेन्ज कर्पोरेसन नेपाल (एमसिसी नेपाल) को कुल लगानी ६३ करोड अमेरिकी डलर रहेको छ । जसमा नेपाल सरकारको १३ करोड अमेरिकी  डलर र अमेरिकी सरकारको पचास करोड अमेरिकी डलर सहयोगमा बिद्युत् प्रसारण आयोजना निर्माण हुन लागेको छ । 

मिलियन च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए)का कार्यकारी  निर्देशक खड्कबहादुर विष्टका अनुसार नेपालको विद्युत् प्रसारण आयोजनाले करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइनका साथै तीन वटा नयाँ विद्युत् सब) स्टेसन निर्माण गर्नेछ ।

एमसिसि सम्झौता कररहित अनुदान भएकाले अनुदानमार्फत खरिद गरिएका उपकरण, सम्पत्ति, सेवामा कर तिर्नुपर्दैन । प्रसारण लाइन काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, मकवानपुर, चितवन, तनहुँ, पाल्पा नवलपुर र पर्सा जिल्ला हुँदै जानेछ ।

प्रसारण लाइनको ३१५ किसिमको रेखाङ्कनमध्ये ३० किमीको पुनः सर्वेक्षण सुरु भैसकेको छ । आयोजना निर्माणको अवधि भर ३.५ वर्षसम्म ७ हजार तीन सय जनालाई पूर्णकालीन रोजगारीको अवसर दिइने छ । १४ प्रतिशत दक्ष २० प्रतिशत अर्धदक्ष र ६६ प्रतिशत अदक्ष  श्रमिकलाई काममा लगाएका छौँ । 

कार्य योजनाको समयमा ३३ प्रतिशत महिलाको सहभागिता  रहन्छ । 


प्रतिक्रिया दिनुहोस्