बैदेशिक रोजगारीमा ठगिनु भएको छ, सिधै श्रम मन्त्रीलाई नै सुनाउनुहोस गुनासा « Arthapath.com
५ भाद्र २०७९, आईतवार

बैदेशिक रोजगारीमा ठगिनु भएको छ, सिधै श्रम मन्त्रीलाई नै सुनाउनुहोस गुनासा



काठमाडाैं । अब देखि प्रत्येक आईतबार बिहान ११ बजे देखि १२ बजेसम्म श्रम मन्त्री शेर बहादुर कुँवरसँग वैदेशिक रोजगारीबाट पिडित व्यक्तिले सिधै गुनासो सुनाउँन सक्नेछन् । श्रम मन्त्री कुँवर आज देखि श्रमिकसाग श्रम मन्त्री कार्यक्रम शुरुवात गरेका छन् । यो कार्यक्रम प्रत्येक साता सोही समयमा हुनेछ ।

आज पहिलो दिन मन्त्री कुँवरसंग फोनमार्फत प्रत्यक्षरूपमा स्वदेश तथा विदेशमा रहेका १० श्रमिकहरुले आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरु राखेका थिए । जसलाई मन्त्री कुँवरले संवोधन गरे । आजको कार्यक्रममा विशेष गरी मलेशियामा जाने कामदारबाट पैसा उठाउने गरेको, विदेशमा काम नपाएर ठगिने गरेका र नयाँ गन्तव्य मुलुकमा रोजगारीका लागि जाने प्रक्रियाका बारेमा श्रमिकले मन्त्रीसँग प्रश्न र जिज्ञासा राखेका थिए ।

उनीहरुको जिज्ञासाको जवाफ दिदै मन्त्री कुँवरले मन्त्राल श्रमिकको पक्षमा भएको जानकारी गराउदैं ऐन कानुन बलियो बनाएर भए पनि श्रमिकलाई वैदेशिक रोजगारीमा जाँदा ठगिनबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा विशेष रुपमा लागिरहेको बताए ।
मन्त्रालयमा कलसेन्टर स्थापना गरिएको ६ वर्ष पुगेको छ । अहिले कल सेन्टरमा दैनिक २०० बढि गुनासाहरु आउने गरेको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

श्रमिकसँग श्रम मन्त्री कार्यक्रममा भाग लिनका लागि नेपाल टेलिकमको टोल फ्रि नम्बर ११४१ र १६६००१५०००५, ल्यान्डलाइन नम्बर ०१५९७०००८ र ह्वाट्सएप, भाइबरमा ९८०१८०००१३ र इमो नम्बर ९८०१३०००३३मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।

मन्त्री कुँवर काठमाडौं रहेका बेलामा मात्रै तोकिएको समयमा मन्त्रीसँग आफ्ना गुनासा, जिज्ञासा, समस्या र सुझावहरुमा कुरा गर्न सकिने समेत मन्त्रालयले जानाएको छ ।


प्रतिक्रिया दिनुहोस्