धिताेपत्र बाेर्डले जारी गर्याे मर्जर निर्देशिका, यस्ताे छ व्यवस्था « Arthapath.com
२२ भाद्र २०७९, बुधबार

धिताेपत्र बाेर्डले जारी गर्याे मर्जर निर्देशिका, यस्ताे छ व्यवस्था



काठमाडौं । नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९ को प्रारम्भिक मस्यौदा जारी गरेको छ ।

बोर्डले धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण तथा धितोपत्रको कारोबार र विनिमयलाई व्यवस्थित गर्न सूचीकृत संगठित संस्था गाम्भे, गाभिने तथा प्राप्ति सम्बन्धी कार्यलाई नियमित तथा व्यवस्थित गर्नुपर्ने भएकोले निर्देशिका जारी गरेको जनाएको छ ।

मस्यौदा अनुसार संस्था गाभ्नु र गाभिनु अगाडी प्रारम्भिक समझदारी गर्नुपर्नेछ । सम्बन्धित संस्थाको साधारणसभाबाट प्रस्ताव पारित गर्नुपर्नेछ । संस्थाको साधारणसभाले संस्था गाभ्ने गाभिने निर्णय गरेपछि उपयुक्त संस्थाको खोजी गरी प्रक्रिया अगाडी बढाउनु पर्नेछ ।

त्यस्तै, गाभ्ने गाभिने वा प्राप्तिमा संलग्न संस्थाहरुले प्रक्रिया अगाडी बढाउन एक संयुक्त मर्जर समिति गठन गर्नुपर्नेछ । गाभ्ने गाभिने प्रक्रियामा संलग्न प्रत्येक संगठित संस्थाका सञ्चालकहरु मध्येबाट सर्वसाधारण शेयरधनी तर्फका एक जना संचालक सहित बढीमा तीन जना सञ्चालक सदसय तोक्नु पर्नेछ । गाभिनु अगाडी संस्थाहरुले बोर्ड समक्ष संयुक्त रुपमा निवेदन दिनुपर्नेछ ।

संस्थाहरुले पाप्ती गर्ने लक्षित संस्थाको सम्पति दायित्व तथा कारोबार मूल्यांकन सहितको डयू डिलिजेन्स अडिट गराउनु पर्नेछ । मूल्यांकनकर्ताले डयू डिलिजेन्स अडिट गर्दा मूल्यांकनको आधार समेत खुलाउनु पर्नैछ ।

अडिट पछि संस्थले शेयर आदान प्रदान अनुपात निर्धारण गर्नुपर्नेछ । शेयर आदान प्रदान अनुपात सम्बन्धित संस्थाहरुको सञ्चालक समितिबाट अनुमोदन गराई सार्वजनिक गर्नुपर्नेछ । बोर्डले अन्तिम स्वीकृति दिएपछि मात्रै गाभ्ने गाभिने प्रक्रिया अगाडी बढाउन सकिनेछ ।

Tags :

प्रतिक्रिया दिनुहोस्