विश्व बैंंकको वार्षिक सम्मेलन भाग लिन अमेरिका पुगे अर्थमन्त्री शर्मा « Arthapath.com
२६ आश्विन २०७९, बुधबार

विश्व बैंंकको वार्षिक सम्मेलन भाग लिन अमेरिका पुगे अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा मङ्गलबार साँझ अमेरिकाको राजधानी वाशिङटन डिसी पुगेका छन् । विश्व बैंंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको वार्षिक सम्मेलनमा भाग लिन अर्थमन्त्री शर्मा अमेरिका गएका हुन् ।

वाशिङटन डिसीमा अक्टोबर १० देखि सुरु भएको विश्वबैंकको वार्षिक बैठक १६ तारिखसम्म जारी रहनेछ । अर्थमन्त्री शर्माको नेतृत्वमा विश्वबैंकको बैठकमा सहभागी हुन नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थसचिव कृष्णहरि पुष्करसहित अर्थ मन्त्रालय तथा राष्ट्रबैंकका उच्च अधिकारीहरु डिसी पुगेका हुन् ।

अर्थमन्त्री शर्माले बुधवार विश्व बैंक भोटिङ ग्रुपको बैठकमा सहभागिता जनाउनाका साथै विश्वबैंकको विभिन्न मन्त्रिस्तरीय सत्रहरुमा सहभागी हुनेछन् । उनले अमेरिकी सहयोग नियोगका उच्च अधिकारीसँग भेटघाट गर्ने, विश्वबैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषका उच्च पदाधिकारीहरुसँग पनि छलफल गर्नुहुने कार्यक्रम रहेको डिसीस्थित नेपाली दूतावासले जनाएको छ ।

अर्थमन्त्री शर्मालाई विमानस्थलमा स्वागत गर्न अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलगायत दूतावासका प्रतिनिधिहरु पुगेका थिए ।

Tags :

प्रतिक्रिया दिनुहोस्