‘अटोमोबाइल विलासिताको बस्तु होइन, नेपाल थोत्रा विद्युतीय गाडीको डम्पिङ साइड नबनोस्’: अर्थमन्त्री पौडेल « Arthapath.com
२८ माघ २०७९, शनिबार

‘अटोमोबाइल विलासिताको बस्तु होइन, नेपाल थोत्रा विद्युतीय गाडीको डम्पिङ साइड नबनोस्’: अर्थमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अटोमोवालईल विलासिताको बस्तु नभएको बताएका छन् ।

नाडा अटोमोबाइल्स एशोसिएशन आफ नेपालको ४६औं वार्षिक साधारण सभालाई सम्वोधनका क्रमममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।

कार्यक्रममा अर्थमन्त्रीले पौडेलले आवश्यकताको सवारी साधानलाई विलासीताको ट्याग लगाउन नमिल्ने उल्लेख गरे । उनले भने,–‘अटो मोबाइलभित्र पनि केही विलासीताका साधान पनि होलन्,तर मुलभुत रुपमा विलासीताको चिज होइन, यो आवश्यकताको हो । आवश्यकता विलासीताको चिजहरुमा मानकहरु बदलिँदै जान्छन्, समय अनुसार यसको परिभाषा पनि परिवर्तन हुँदै जान्छ ।’

उनले सबैभन्दा धेरै राजश्व संकलन हुने अटो मोवाइल क्षेत्र र विद्युतीय सवारीलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए । ‘आज राज्यले अत्यन्त महत्वपूर्ण अर्बौ लगानी पूर्वाधारको क्षेत्रमा लगाउछ, पूर्वाधार पनि पनि सडक पूर्वाधारमा लगाउछ, सडक पूर्वाधारमा गुड्ने सवारी साधानलाई हामीले विलासीताको साधान हो भनि ट्याग लगाएर बस्न सक्दैनौं’–अर्थमन्त्री पौडेलले भने ।

उनले नेपालको सन्दर्भमा विद्युतीय सवारीको आवश्यकता महत्व दिनानुदिन बढ्दै गएको बताएका छन् । उनले पछिल्लो अवस्थामा विद्युतमा आत्मनिर्भर भई निर्यातको पनि अभ्यास चलिरहेको र अब नेपालमा इलेक्ट्रिक गाडीको प्रयोग बढाउन आवश्यक रहेको औल्याए ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग अब द्रुत गतिमा अगाडि बढाउने पर्ने अर्थमन्त्री पौडेलको भनाई थियो । गुणस्तरी विद्युतीय सवारी साधनको उत्पादन, प्रयोग र आयात गर्ने सवालमा भने होसियारी हुनुपर्ने पौडेलले बताए ।

उनले भने,–‘विद्युतीय सवारीको प्रयोग त गर्ने तर, नेपाल थोत्रा विद्युतीय सवारी साधानको डम्पिङ साइड नबनोस् भनेर पनि विशेष ख्याल गर्नुपर्ने आवश्यकता छ । हामीले गुणस्तरीय इभिको मापन, छनोट र प्रयोगमा ध्यान दिनुपर्छ, यस तर्फ सरकार सहयोगि भुमिका रहन्छ ।’


प्रतिक्रिया दिनुहोस्