जी २० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान « Arthapath.com
११ फाल्गुन २०७९, बिहीबार

जी २० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल भारत प्रस्थान



काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गरेका छन् ।

यही फागुन १२ र १३ गते भारतको बेङलुरमा आयोजना हुने जी २० सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडेल बिहीबार भारत गएका हुन् । सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीहरूसँग छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा मन्त्री पौडेलसँगै अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि भारत भारत गएका छन् । नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्रहरू छन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्