राष्ट्रपतिमा कांग्रेस, उपराष्ट्रपतिमा जसपा ! « Arthapath.com
१२ फाल्गुन २०७९, शुक्रबार

राष्ट्रपतिमा कांग्रेस, उपराष्ट्रपतिमा जसपा !



काठमाण्डौं । राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेको चर्चा बाहिरिएको छ । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको स्रोतको दाबी छ ।

तर, आजै अपरान्ह ५ बजे बस्ने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को बैठकले यसलाई अन्तिम टुङ्गो लगाउन भने बाँकी रहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।

राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना रहेको नेताहरु बताउँछन् । शुक्रबार विहान कांग्रेससहित माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ, जसलाई जसपा र माओवादीको समर्थन छ । तर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने आफूहरुको शर्त नभएको माओवादी नेताहरुले बताएका छन् ।

कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति छाडेर सहमति हुन नसक्ने बताएका छन् । ‘साँझ ५ बजे हामी फेरि बस्छौं, राष्ट्रपति कांग्रेसले नै लिने पक्का जस्तै छ’ एक नेता भन्छन् । उनका अनुसार उपराष्ट्रपति भने जसपाले पाउनेछ ।


प्रतिक्रिया दिनुहोस्