कांग्रेसको निर्णयः रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार « Arthapath.com
१३ फाल्गुन २०७९, शनिबार

कांग्रेसको निर्णयः रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार



काठमाडौं । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रवार बालुवाटारमा बसेको आठदलिय बैठकले राष्ट्रपति काँग्रेसलाई दिने निर्णय भएसँगै सो दलबाट पौडेल उम्मेदवार हुने अवसर पाएका हुन् ।

आज बिहान बसेको कार्य सम्पादन समितिको बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
नयाँ सहमति अनुसार कांग्रेस–माओवादीसहित ८ दलीय गठबन्धन बनेको छ । जसअनुसार राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको छ ।

राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । मतदान यही फागुन २५ गते हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्