नेप्सेमा प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको सेयर मूल्य समायोजन भएको छ । बुधबार प्रभु लाइफ इन्स्योरेन्सको ९.८० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
समायोजनपछि कम्पनीको मूल्य ४२८ रुपैयाँ ५ पैसा कायम भएको छ । बुधबारको अन्तिम कारोबार मूल्य ४७० रुपैयाँलाई आधार मानेर कम्पनीको मूल्य समायोजन गरिएको हो ।
आइतबार सोही मूल्यलाई आधार मानेर यसको सेयर कारोबार खुला हुनेछ ।