विद्युत् र बैंकिङ क्षेत्रको आडमा तङ्ग्रिँदै अर्थतन्त्र, तेस्रो त्रैमासमा ३.५१ प्रतिशतको वृद्धि
काठमाडौँ। मुलुकको आर्थिक गतिविधिले सुस्त गतिमै भए पनि सुधारको लय समातेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा देशकाे आर्थिक वृद्धिदर ०.५८ प्रतिशत बिन्दुले बढेकाे छ। दोस्रो त्रैमासमा खुम्चिएको आर्थिक सूचक समीक्षा अवधिमा कुल ३.५१ प्रतिशतको वृद्धिदर हासिल गर्न सफल भएको हो।
यो सुधारसँगै मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकारमा समेत ३८ अर्ब रुपैयाँ थपिएको छ। चालु आवको दोस्रो त्रैमासमा ६४ खर्ब २७ अर्ब रुपैयाँ बराबर रहेको अर्थतन्त्रको आकार तेस्रो त्रैमाससम्म आइपुग्दा ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको कार्यालयको प्रारम्भिक प्रक्षेपण छ।
ऊर्जामा उछाल, व्यापार र वित्तीय क्षेत्रको साथ
विगतका महिनाको तुलनामा अर्थतन्त्र चलायमान हुनुमा जलविद्युत् र वित्तीय क्षेत्र मुख्य सारथि बनेका छन्। बैंकहरूमा निक्षेप संकलन बढ्नु, कर्जा प्रवाहमा सुधार आउनु, निर्जीवन बीमाको प्रिमियम संकलन र व्यापारिक गतिविधि तङ्ग्रिनुले यो त्रैमासको नतिजा सकारात्मक आएको हो। कार्यालयले अध्ययन गरेका १८ वटा प्रमुख औद्योगिक क्षेत्रहरूमध्ये १६ वटाको वृद्धिदर धनात्मक देखिएको छ।
विशेष गरी अघिल्लो वर्षको सोही अवधिको तुलनामा विद्युत् तथा ग्यास क्षेत्रले २४.८८ प्रतिशतको उत्साहजनक वृद्धिदर दर्ता गरेको छ। यस्तै, बैंक तथा बीमा क्षेत्रमा १०.२७ प्रतिशत, यातायात तथा भण्डारणमा ७.८३ प्रतिशत र थोक तथा खुद्रा व्यापारमा ५.२५ प्रतिशतको विस्तार देखिएको छ।

कृषि र निर्माण सुस्ताउँदा वृद्धिदरले गति लिन सकेन
यद्यपि, आन्तरिक उत्पादन र जग बलियो बनाउने क्षेत्रहरू सुस्ताउँदा आर्थिक वृद्धिदरले ठूलो छलाङ्ग मार्न भने सकेन। बजारमा निर्माण सामग्रीको आयात घट्नु र मुख्य बाली धानको उत्पादनमा कमी आउनाले अर्थतन्त्रको जग कमजोर नै देखिएको छ। जिडिपीमा सबैभन्दा ठूलो हिस्सा ओगटेको कृषि क्षेत्रको वृद्धिदर १.५८ प्रतिशतमा खुम्चिएको छ।
अझ दोस्रो त्रैमासको तुलनामा समीक्षा अवधिमा कृषि, वन तथा मत्स्य क्षेत्रको वृद्धि ०.०४ प्रतिशतले ऋणात्मक (नेगेटिभ) देखिएको छ।
काठमाडौँ। मुलुकको आर्थिक गतिविधिले सुस्त गतिमै भए पनि सुधारको लय समातेको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा देशकाे आर्थिक वृद्धिदर ०.५८ प्रतिशत बिन्दुले बढेकाे छ। दोस्रो त्रैमासमा खुम्चिएको आर्थिक सूचक समीक्षा अवधिमा कुल ३.५१ प्रतिशतको वृद्धिदर हासिल गर्न सफल भएको हो।
यो सुधारसँगै मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) को आकारमा समेत ३८ अर्ब रुपैयाँ थपिएको छ। चालु आवको दोस्रो त्रैमासमा ६४ खर्ब २७ अर्ब रुपैयाँ बराबर रहेको अर्थतन्त्रको आकार तेस्रो त्रैमाससम्म आइपुग्दा ६४ खर्ब ६५ अर्ब रुपैयाँ पुगेको कार्यालयको प्रारम्भिक प्रक्षेपण छ।
होटल र उत्पादनमूलक उद्योग मारमा
पछिल्लो त्रैमासिक उतारचढावलाई केलाउँदा अर्थतन्त्रका केही प्रमुख खम्बाहरू ओरालो लागेका छन्। जसमा आवास तथा भोजन (होटल र रेस्टुरेन्ट) २.३० प्रतिशत, बैंक तथा बीमा १.०७ प्रतिशत र औद्योगिक उत्पादन ०.८३ प्रतिशतले ऋणात्मक बनेका छन्। सार्वजनिक प्रशासन, रक्षा र औद्योगिक उत्पादनबाहेकका अन्य क्षेत्रहरूले भने जसोतसो अर्थतन्त्रको साख जोगाएका छन्।