आज उपत्यकामा सार्वजनिक विदा, बैकिङ सेवा के हुन्छ ? « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

आज उपत्यकामा सार्वजनिक विदा, बैकिङ सेवा के हुन्छ ?



काठमाडौं । आज अर्थात बिहीबार उपत्यकामा सार्वजनिक विदा भएपनि बैंकहरुको रियल टाइम ग्रोस सेटलमेन्ट सिस्टम (आरटीजीएस प्रणाली) भने सञ्चालन हुने भएको छ । बधुबार साँझ राष्ट्र बैंकले एक सुचना जारी गर्दै यसको जानकारी दिएको हो ।

सरकारले रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिहीबार काठमाडौं उपत्यकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधबार एक सुचना जारी गर्दै यसको जानकारी दिएको थियो ।

सोहीअनुसार बिहीबार उपत्यकामा बैंकहरु पनि बन्द नै हुनेछन् । तर, आरटीजीएस प्रणाली भने नियमित समयाअनुसार सञ्चालन हुने राष्ट्र बैंकको सुचनामा उल्लेख छ । आरटीजीएस ठूलो मूल्यको भुक्तानीको लागि प्रयोग गरिने विद्युतीय भुक्तानी प्रणाली हो । यस प्रणालीबाट खासगरी ठूलो मूल्य र अति जरुरी भुक्तानीको कारोबार हुने गर्छ । नेपालमा केही बर्षदेखि यो प्रणाली कार्यान्वयनमा छ ।


प्रतिक्रिया दिनुहोस्