प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने भएका छन् । प्रचण्डको भारत भ्रमण जेठ १७ देखि २० गतेसम्म हुने बताइएको छ ।
औपचारिक रुपमा भ्रमणको मिति भने सार्वजनिक भएको छैन । जेठ १७ गते भारत जाने र १८ गते समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता तय भएको जनाएको छ ।