रवि लामिछानेले भने, ‘घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ’ « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

रवि लामिछानेले भने, ‘घण्टीलाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ’



काठमाडौं । प्रतिनिधि सभा सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्ने बताएका छन् । समाजिक संजाल मार्फत एक स्टाटस लेख्दैं उनले यस्तो बताएका हुन् ।

नागरिकता र राहदानी प्रकरणमा अदालतमा फेरि मुद्दा खेप्नुपर्ने अवस्था आएपछि लामिछानले दिक्दारी व्यक्त गरेका छन् । अमेरिकी नागरिकता त्यागेको निस्साबारे रविले तीनबुँदे स्पष्टीकरण समेत दिएका छन् ।

उनले यस्तो लेखेका छन्ः

मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।
१. सर्वोच्च अदालतको मिती २०७९/१०/१३को फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।
२. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।
३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०र०२र ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५र०३र०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।
४. घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।


प्रतिक्रिया दिनुहोस्