‘सक्किगोनि’ तेस्रो सिजनको प्रशारण आजदेखि « Arthapath.com
११ जेष्ठ २०८०, बिहीबार

‘सक्किगोनि’ तेस्रो सिजनको प्रशारण आजदेखि



काठमाडौं । लोकप्रिय टेलिभिजन हास्यश्रृंखला ‘सक्किगोनि’ तेस्रो सिजनको प्रसारण आज विहीवारदेखि प्रशारण हुने भएको छ । इएच डिजिटलमा सार्वजनिक भएको टिजर कार्यक्रममार्फत प्रसारण गर्ने मिति तय भएअनुरुप आज विहिवार साँझ ८ बजे हिमालय टेलिभिजनमा प्रशारण भए लगत्तै बेलुका ९ बजे इएच डिजिटलमा प्रशारण हुने बताइएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको पाँचखालमा छायांकन भइरहेको सक्किगोनिमा पुरानै कलाकारको बाहुल्यता रहेको छ भने केही नयाँ अनुहार देखिनेछन् । सिजन ३ को रुपमा पर्दापण हुन लागेको सक्किगोनि झण्डेै ४ महिनापछि नयाँ स्वरुपमा आउन लागेको हो ।

सिजन २ पछि केही समयको विश्राम लिइ नयाँ जोश जाँगर र कथा शैलीका साथ आउन लागेको हो । दर्शकको चाहना र स्वादलाई द‍ृष्टिगत गरी ग्रामीण जनजीवन र परिवेशलाई जस्ताको तस्तै उतारिएको बताइएको छ ।

दर्शकको बहुप्रतिक्षामा रहेको सक्किगोनि मनोरञ्जन दिने मात्र नभइ शिक्षा र अभिप्रेरणा दिने खालको हुने बताइएको छ । यसको टिजरमा कतार उड्‍न लागेको एक पात्रलाई चित्रण गरिएको छ । जुन आँखा रसाउने खालको छ । कुमार कट्टेल र अर्जुन घिमिरेले निर्देशन गरेको यो सिरियलको तेस्रो सिजनलाई पनि १०० भागकै हाराहारीमा निर्माण हुने बताइएको छ ।

देशमा रोजगारी छैन, शिक्षा स्वास्थ्य सर्वसाधारणको पहुँचभन्दा बाहिर गएको छ । मुलुकको पीडा, अभाव, नैराश्यताको बीचमा पनि मुस्कान लिएर आउँदैछौ भनेर कनेक्सन मात्र गर्न यस्तो टिजर बनाएको निर्देशक कुमार कट्टेलले बताए ।


प्रतिक्रिया दिनुहोस्