उपत्यकाभित्र चल्ने सवारीसाधनको भाडा ५.९० प्रतिशत घट्यो, अन्य ठाउँको कति ?

काठमाडौं । बागमती प्रदेश सरकार सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारी साधनका लागि नयाँ भाडादर निर्धारण गरेको हो ।
अब काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा ५.९० प्रतिशत घटेको छ भने उपत्यका बाहिर चल्ने साधनको ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५.६९ प्रतिशत भाडा घटेको छ ।
राजपत्रमा प्रकाशित भए पश्चात उक्त भाडा लागू भएको हो ।